Thursday, March 17, 2016

Translation of the statement of ‘The International Committee in Support of the People’s War in India’ in Nepalese vernacular


people image
(‘इन्टरन्यास्नल कमिटी टु सपोर्ट दि पिपुल्स वार इन इन्डिया’ , फासिवादी सत्ताका विरुद्ध सङ्घर्ष गरेवापत विश्वभरिका जेलमा रहेका राजनीतिक बन्दीहरूको रिहाइ तथा भारतमा चलिरहेको जनयुद्धका पक्षमा जनमत सिर्जना गर्ने उदेश्यले गठित अन्तर्राष्ट्रिय सङ्गठन हो । सम्बद्ध विषयलाई लिएर यसले समयसमयमा विशेष कार्यक्रमहरू अभियानकै क्रममा सञ्चालन गर्दै आएको छ । यसै क्रममा यस सङ्गठनले आउँदो अप्रिल महिनामा विशेष्ष अभियान सञ्चालन गरेको छ । हामी यस अभियानप्रति क्रान्तिकारी ऐक्यबद्धता जाहेर गर्छौ तथा यसले चलाएको अभियानलाई हर तरहले सहयोग गर्न खासगरेर भारतमा चलिरहेको जनयुद्धलाई विभिन्न किसिमले सहयोग गर्न विश्वभरिका क्रान्तिकारीहरूसित हार्दिक अनुरोध पनि गर्दछौँ ।)


भारतीय जेलमा रहेका राजनीतिक बन्दीहरूलाई बिनासर्त रिहा गर !
विश्वका समग्र राजबन्दीहरूप्रति ऐक्यबद्धता !
अप्रेसन ग्रिनहन्ट बन्द गर् !
भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गरौ“ !
भारतमा १०, ००० भन्दा बढी राजनीतिक बन्दीहरू लामो समयदेखि जेलमा सडाइएका छन् । तिनीहरू भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का नेता कार्यकर्ता र पार्टी सदस्यहरू हुन् : तिनीहरू थातथलोबाट जबर्जस्ती विस्थापित गर्न खोज्दा प्रतिरोध गर्ने आदिबासी हुन्, तिनीहरू सरकारले विदेशी लुटेरासित सम्झौता गरेर प्राकृतिक स्रोत साम्राज्यवादी विदेशीलाई सुम्पेका कारण सङ्घर्ष गर्ने किसानहरू हुन् : तिनीहरू हिन्दू साम्प्रदायिक फासिवादीहरूको बढ्दो धम्की र आतङ्कको प्रतिरोध गर्ने अल्पसङख्यक जातिहरू हुन् : तिनीहरू डा.साइबाबा जस्ता बुद्धिजीवीहरू, कलाकारहरू, विद्यार्थीहरू रजनतामाथि फासिवादी सरकारका तर्फबाट गरिएका दमन र लादिएको युद्धका विरुद्ध न्याय र समानताका पक्षमा उभिने प्रजातान्त्रिक सङ्गठनका सदस्यहरू हुन् : तिनीहरू प्रहरी, प्यारा मिलिट्री फासिवादी ग्याङ लगायत राज्यद्वारा पालिएका गुण्डाहरूद्वारा महिलामाथि गरिने हत्या, बलात्कार र दुर्व्यवहारका विरुद्ध उभिने महिला तथा नारीवादी कायकर्ताहरू हुन् । जेलमा बन्दीहरूले सबै प्रकारका यातना र ताडना, अपहेलना भोग्नुपर्छ, जमानतको माग अस्वीकार गरिन्छ, एकदकै कष्टकर बसाइ छ, मनपरी किसिमले जेल सरुवा गरिन्छ, एकान्तमा निर्वासित गरिन्छ र नृशंस हत्या गरिन्छ, त्यति मात्र नभएर हिरासतमा राखिएका महिलाहरूमाथि बलात्कारसमेत गरिन्छ ।
हिरासत र जेल बसाइको स्थिति भयावह भएर पनि बन्दीहरू क्रान्तिकारी स्पिरिटका साथ सङ्घर्ष र प्रतिरोध गरिरहेका छन् र जेलका काला कोठरीहरूको साँघुरो घेरालाई पनि भारतमा फासिवादको बढ्दो स्थिति र भारतीय सत्ताका विरुद्ध युद्धमैदानमा परिणत गरिरहेका छन् ।
उनीहरूप्रति ऐक्यबद्धता जनाउने सबै शक्तिहरूका लागि उनीहरूको बिना सर्त रिहाइका लागि सङ्घर्ष अहिले नगरी नहुने काम हो र यो उनीहरूको मुक्तियुद्धसित जोडिएको अभिन्न अङ्ग हो ।
सिङ्गो भारतलाई प्रतिक्रियावादी शासक वर्गले “जनआन्दोलनको बन्दीगृहमा” मा परिणत गरेको छ । साम्राज्यवादको आडभरोसा तथा निर्देशनमा भारतीय प्रतिक्रियावादी शासक वर्गले “अपरेसन ग्रिन हन्ट” नामको देशव्यापी हत्या आक्रमण चालू गरेको छ । यसको मूल उदेश्य माओवादी आन्दोलनलाई दमन गर्नु रहे पनि यसले जनताका सबै किसिमको प्रजातान्त्रिक मागमाथि आफ्नो निसाना बनाएको छ । क्रान्तिकारी तथा प्रजातान्त्रिक जन सङ्गठनसित सम्बद्ध हजारौँ नेता तथा सदस्यहरूको हत्या गरिएको छ, उनीहरूलाई निमर्म यातनाका साथ जेलमा राखिएको छ । राज्य तथा केन्द्र सरकारले लादेका झुठा तथा कपोलकल्पित मुद्दाको अभियोगको उनीहरूले सजाय भोगिरहेका छन्, जसमा जनताको सङ्घर्ष तथा जन नेताहरूलाई “अराष्ट्रिय तथा आतङ्कारी” को विल्ला भिराइने गरिन्छ ।
निरन्तररूपमा तीव्र बन्दैगएको साम्राज्यवादी आर्थिक तथा वित्तीय सङ्कट सँगसँगै साम्राज्यवादी अतिक्रमण र प्रतिक्रियावादी युद्धहरूको पनि बढोत्तरी भएको छ । यस्तो अवस्थामा मोदीको ब्राम्हणवादी बिजेपी सरकारले मुलुकको प्राकृतिक स्रोत र सम्पतिलाई जसरी पनि दोहन गर्न/गराउन माओवादी आन्दोलन र नयाँ स्थापित जनताको राजनीतिक सत्ता-संयन्त्र “क्रान्तिकारी जनसरकार’ लाई छिटोभन्दा छिटो समाप्त पार्ने कामलाई प्रमुख मुद्दा बनाएको छ । स्वदेशी तथा विदेशी कर्पोरेट संस्थाहरूको पहिलो बफादार नोकर मोदीको विशेष योजनामा नरसंहारकारी अभियान “अपरेसन ग्रीन हन्ट” को तेस्रो चरणलाई आक्रामक रूपमा लागू गरिएको छ । यसक्रममा मोदी सत्ताले आदिवासी जनतामाथि निरन्तर आक्रमण गर्दैआएको छ ।
भारतीय माओवादीहरूले सबै क्रान्तिकारी पार्टी र सङ्ठनहरू, अन्तर्राष्ट्रिय ऐक्यबद्धता जनाउने सङ्गठनहरू, ट्रेड युनियनहरू, ख्यातिप्राप्त प्रजातान्त्रिक प्रगतिशील बुद्धिजीवीहरू, श्रमजीवीहरू, किसानहरू, विद्यार्थी युवा, कलाकार, लेखक वैज्ञानिकहरू, वातावरणवादीहरू, शिक्षकहरूलाई, व्यापक मात्रामा आदिवासीहरूमाथि भइरहेको निरन्तर आक्रमणका विरुद्ध आवाज उठाउन र प्रतिरोधका लागि सडकमा आउन अपिल गरेको छ ।
क्रूर दमनका कुनै पनि प्रक्रियाले भारतीय जनताले चलाइरहेको मुक्ति युद्धलाई रोकन सकने छैन, बरु यसले जनयुद्धका लागि राजनीतिक ऐक्यबद्धताको नै विस्तार गर्दछ ।
“भारतमा चलिरहेको जनयुद्धको अन्तर्राष्ट्रिय सहयोग कमिटी” (The International Committee in Support of the People’s War in India) “अन्तर्राष्ट्रि सहयोग हप्ता” का रूपमा अप्रिल २, २०१६ देखि ९ सम्म विश्वयापी सहयोग अभियान चलाइरहेको छ ।
यस हप्तामा सबै साम्राज्यवादी तथा प्रतिक्रियावादी सत्ताहरूका जेलमा रहेका राजनीतिक बन्दीहरूप्रति ऐक्यबद्धता जनाउँदै उहाँहरूले मुक्तिका लागि गरेको सङ्घर्षप्रति हर किसिमको समर्थन जाहेर गरिनेछ ।
न्टरन्यास्नल कमिटी टु सपोर्ट दि पिपुल्स वार इन इन्डिया

No comments:

Post a Comment