Friday, May 1, 2020

This is the Nepalese translation of May Day Joint Statement



विश्व सर्वहाराको सङ्घर्षको दिन अन्तराष्ट्रिय मे दिवस:  अमर रहोस् !
सबैभन्दा खतरनाक भाइरस साम्राज्यवादी र पुँजीवादी व्यवस्था हुन् !
विश्वव्यापी रूपमा सर्वहारा क्रान्तिको दिशामा अघि बढौँ !

डरलाग्दो महामारीले विश्वका हरेक कुनामा मान्छेको ज्यान लिइरहेको  र साम्राज्यवादी मुलुक र सरकारहरूले कोरोना भाइरसका नाममा सङ्कटको स्थिति घोषणा गरेका कारण यो वर्ष  सर्वहारा वर्गको अन्तर्राष्ट्रिय दिवस मनाउने सन्दर्भमा एकता,  सर्वहारा अन्तर्राष्ट्रियतावाद, साम्राज्यवाद र पुँजीवाद र पुँजीवाद विरुद्ध  लडौँ जस्ता ब्यानर बोकेका श्रिमजीवीहरू, महिला, उत्पीडित जनसमूहले विश्वभरिका खुला चौर र चोकहरू भरिने छैनन् ।

महामारी पुँजीवादी तथा साम्राज्यवादी विश्वव्यवस्थाको उपज हो र मान्छेको मरण पुँजीवादीहरूको शोषण र नाफा आर्जनको आसक्तिको परिणाम हो, जसले विश्वको वातावरणीय  अवस्थामाथि अतिक्रमण गरेर पृथ्वीमा मानवजीवन र स्वास्थको थामिनसक्नु स्थिति उत्पन्न गरेका छन् ।

पुँजीपतिहरूले  आम जनताको स्वास्थ्य व्यवस्थालाई नाफामूलक निजी कम्पनीको व्यापारमा परिणत गरेका छन्, फलस्वरूप महामारीका लागि यो खुला क्षेत्र बन्यो, यसले व्यापक रूपमा आमहत्याको रूप लिएको छ र  आम जनता र सर्वहाराको जीवन एकदमै जोखिमपूर्ण स्थितिमा रहेको छ ।

सबैलाई घरमा बस्न भनिएको भए पनि  पुँजीपतिहरूका लागि महामारी चलेको बेलामा पनि मूल कुरा कसरी नाफा कमाउने भन्ने छ र मजदुरहरूलाई चाहिँ अत्यावश्यक वस्तु उत्पादनको सुनिश्चितताका नाममा जस्तोसुकै अवस्थामा पनि काम गर्न बाध्य पारिएको छ ।

पुँजीवादले बढीभन्दा बढी अत्याधुनिक हतियार उत्पादन गर्न विज्ञानलाई आफ्नो स्वार्थमा प्रयोग ग¥यो र  अधिकाधिक साधान र स्रोत उन्नत  हतियारको उत्पादनमा लगायो,  साम्राज्यवादी गढमा आम जनता तथा सर्वहारालाई बढी असर गर्ने रोगहरूको निदानका लागि गर्नु पर्ने खोजअनुसन्धानप्रति बेवास्ता  ग¥यो, र साम्राज्यवादबाट पीडित देशहरूको स्थिति झन् त्यो भन्दा पनि खराब भयो,  फलस्वरूप  महामारीको सामु विश्वको  स्थिति एकदमै निरीह देखियो ।

पुँजीवादले उहानजस्ता ‘विश्वका भट्टीहरू’ तयार पारेको छ, जसबाट कामको स्थिति र जीवनलाई  पुँजीवादले तयार पारेका सामाजिक सङ्गठनहरूले महामारी फैलाउन आगोमा घिउको काम गर्छन्, यही फैलाइले अहिले युरोपेली मुलुकहरूको केन्द्र र मुख्य साम्राज्यवादी शक्ति अमेरिकी मुटुलाई नै प्रकोपमा ल्याएको छ र साथै यसको खतराको व्यापकता विश्वका उत्पीडित मुलुकहरू अफ्रिकादेखि मध्यपूर्व र अरबका जनताका साथै एसिया तथा ल्याटिन अमेरिकासम्म विस्तारित भइरहेको छ ।

मानवजीवनलाई महामारीले जेजति हानीनोक्सानी पु¥याउँछ, साम्राज्यवादी र पुँजीवादीहरूका क्रियाकलापहरू मृत्यु र विनासका त्यो भन्दा पनि ठूला र डरलाग्दा साधनका रूपमा प्रस्तुत भएका छन् । महानगरीय सहरहरू गाढिएका लासहरूले भरिएका छन् र सहरहरू अस्पतालमा फेरिएका छन्,  यी सबै घटना परिदृश्यले आजका दिनमा सर्वहारालाई आक्रोसित तुल्याएको छ : जनहत्यारो पुँजीवादी÷साम्राज्यवादी व्यवस्था पुग्यो अब  !

विश्वभरका मुलुकहरू र  सरकारहरूले माहामारीका नाममा सैन्यकरणकै स्थितिमा आपतकालीन स्थितिको घोषणा गरे, तर जीवित रहनका लागि मात्रै आग्रह गर्ने गरिब, आप्रवासी र घरवारविहीनहरूमाथि दमन र हिंसा भने जारी राखे ।

बुर्जुवाहरूले तानासाही हुकुम चलेका मुलुकहरूमा स्वास्थ सम्बन्धी आपतकालीन अवस्थालाई फासिवादी शैलीको राजनीतिक सत्ता सुदृढ गर्ने र स्थायित्व दिने अवसरका रूपमा लिए, जुनचाहिँ सदैव  विश्वभरिका सर्वहारा र आम जनताको सङ्घर्ष विरुद्धका हतियार हुन् ।

यस कारणले यस मे पहिलो दिनमा विश्वका साम्राज्यवादी मालिकहरू र सबै बुर्जुवाहरू तथा साशक  वर्गहरूका विरुद्ध  हरतरहले अवश्य पनि आवाज बुलन्द गर्नु पर्छ :  सबै विपद्को जिम्मेवार तिमीहरू हौ ! साम्राज्यवादको सर्वनास होस् !

महामारीका बाबजुद पनि कामदारहरू र जनताबाट कडा प्रतिरोध व्यक्त भयो, सङ्कटकालको घोषणा गरेर हडताल, प्रदर्शनमा रोक लगाए पनि  कामदारहरूले हडताल, अवज्ञा, प्रतिरोध र हातेसाङ्लो बनाएर आफ्नो असन्तुष्टि जाहेर गरे ।

इटाली महामारीले सबैभन्दा बढी प्रभावित देशहरूमध्येको एउटा देश, जनविरोधीहरू, मालिकहरू र सरकारहरू विरुद्ध  सर्वहारा र  जनताको प्रतिरोध केन्द्र पनि हो,  यो अहिले भाइरसबाट प्रभावित अन्य देशका लागि,  अन्य पुँजीवादी मुलुक र सरकारका विरुद्ध प्रतिरोधका लागि उपयोगी साबित भएको छ ।  यदि सच्चा कम्युनिस्टहरू  सङ्घर्षका लागि अग्रपङ्क्तिमा छन् भने तथाकथित कोरोना सङ्कटकै बीच पनि, आपतकालीन अवस्थामा पनि क्रान्तिकारी वातावरण तयार पारेर पुँजीपति वर्ग, राज्य र सरकारहरूका विरुद्ध जनताको ऐक्यबद्धता कायम गर्न र जित हासिल गर्न सम्भव छ ।  विश्वमा बढ्दो पुँजीवादी सङ्कटको स्थितिले सन् २००७-२००८ को अवस्था उत्पन्न गरेको थियो, जुन  १९२० को दशकको स्थितिभन्दा खराब थियो र पुँजीवादी सङ्कटको यो चक्रले अब विश्वव्यापी रूपमा जीवन र प्रकृतिलाई  प्रभावित पार्ने छ ।

आफ्नो अस्तित्वका लागि  पुँजीवादले सङ्कटको भार विश्वका सर्वहारा र उत्पीडित जनतामाथि थोपर्ने छ, साम्राज्यवादद्वारा उत्पीडित मुलुकहरूमा पहिलेदेखि विद्यमान गरिबी, भोकमरीमा थप वृद्धि हुने छ र  साम्राज्यवादी तथा पुँजीवादी केन्द्रहरूमा समेत बेरोजगारी अत्यधिक बढ्नेछ  र त्यहाँ पनि अन्योल, अस्थिरता, गरिबी, भोकमरीको स्थिति उत्पन्न हुनेछ । र साँचो के पनि हो भने यस किसिमको माखेसाङ्लो आर्थिक सङ्कट र महामारीले नाफा र पुँजी आर्जनमा केन्द्रित  विश्व पुँजीवादी व्यवस्था र   त्यस्ता मुलुक र सरकारकाहरूको मुखुण्डो उघ्रेको छ ।

यस किसिमको स्थितिले सर्वहारा र आम जनताको सङ्घर्षलाई ऊर्जा दिन्छ र उपयुक्त आत्मगत स्थिति निर्माण गर्छ,  विश्वका हरेक मुलकमा शोषणमुखी व्यवस्था फ्याल्न र नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्ति सम्पन्न गरेर समाजवादी समाज निर्माण गरेर साम्यवादमा अघि बढ्न साझा सङ्घर्षका लागि अनुकूल वातावरण तयार पार्छ ।

समाजवाद  सर्वहाराको राज्यको हातमा अर्थतन्त्र रहेको राज्य हो र यो  पुँजीवादी विश्व व्यवस्थाले आर्जन गर्न नसकेको उपलब्धि हासिल गर्न सक्षम हुन्छ । पुँजीवाद र साम्राज्यावद विनासका कारक हुन्, समाजवाद नयाँ समाज निर्माणका आधार हुन्, जसले शोषण र दमनका हरेक जंजिरहरूबाट समाजलाई मुक्त पार्दछ र  मानव जीवनको स्तरोन्नति र प्रगतिका लागि स्वास्थ्यको सहजता र  वातावरणीय विनासको खतराबाट मुक्त पारेर बाँचनका लागि उन्नत र विश्वासिलो स्थिति निर्माण गर्छ ।  

यो स्तिथिले मार्क्सवाद- लेनिनवाद-माओवादको सामर्थ्यका साथै र सर्वहाराले तीन चरणमामार्फत दिएको महान् ऐतिहासिक सन्देशको सच्चाइलाई दर्शाउँछ । पेरिस कम्युनदेखि अक्टोकर क्रान्तिसम्म, अक्टोबर क्रान्तिदेखि चिनियाँ महान् सर्वहारा क्रान्तिसम्मको इतिहासले सर्वहारा वर्ग र उत्पीडित जनताको मार्च रोक्न नसकिने कुरा हो भनेर उनीहरूले देखाइसकेका छन् । यसले क्षणिक पराजय भोग्न सक्छ, तर, अनुभवबाट विचार र कार्यको विकास गर्न  ऊर्जा प्राप्त गर्छ, जसबाट  उसलाई ऐतिहासिक परिस्थिति अनुसार पुँजीवाद/साम्राज्यवादका विरुद्ध र समाजवाद र साम्यवादका लागि गरिने लामो सङ्घर्षमा  अझ दृढ भएर सामना गर्न सहयोग पु¥याउँछ । अहिलेको परिस्थितिले मार्क्स, लेनिन,  माओ र सर्वहाराको क्रान्तिकारी  सङ्घर्षका तीन चरणहरूका महान् सन्देशको सच्चाइलाई पुष्टि गर्दछ ।

हामीले यो मे दिवसमा विश्व सर्वहारा क्रान्तिको नयाँ प्रवाहको परिदृश्य देखिरहेका छौँ,जसले सर्वहारा र आम जनताको आवश्यकता र तदारुकतालाई औँल्याइरहेको छ । वर्गसङ्घर्षको अग्निज्वालाको वर्तमान स्थितिमा सर्वहाराले क्रान्तिका लागि साधनहरूको तमतयारी गरेमा वस्तुगत स्थितिको सम्भाव्यतालाई यथार्थमा फेर्न सकिन्छ ।

सर्वप्रथमतः साम्राज्यवादी मुलुकहरूद्वारा दमन गरिएका मुलुकहरूका कम्युनिस्ट पार्टीहरू, जसले दीर्घकालीन जनयुद्धको नेतृत्व गरिरहेका छन्, उनीहरूको साथ लिएर श्रमजीवी वर्गका अगुवाहरू, राजनीतिक योद्धाहरूका अगुवाहरू, युद्धका संयन्त्रहरू र जनताका अगुवाहरूलाई समाविष्ट गरेर कम्युनिस्ट पार्टीहरूको  गठन गर्नु आवश्यक छ ।

सर्वहारा र आम जनताको संयुक्त मोर्चाले ‘महामारी’ स्थितिबाट ऊर्जा प्राप्त गर्छ, नाफा र धन आर्जनका लागि उत्पीडितहरू लगायत  जनताको ठूलो हिस्साको जीवनलाई सदैव जोखिमपूर्ण स्थितिमा राख्ने दमनकारी व्यवस्था  र मुट्ठीभर शोषकहरूको प्रभुत्वमा जनता रहन चाँहदैनन् भन्ने चाहनालाई सर्वहारा र आम जनताको संयुक्त मोर्चाले नयाँ ऊर्जा दिन्छ ।

सर्वहारा र मजदुर–किसानद्वारा निर्मित जनसेना नै सही शक्ति हो र त्यसले नै आपतकालीन स्थिति र बुर्जुर्वा  व्यवस्थाका विरुद्ध आफू वरिपरिको विश्वलाई नयाँ स्वरूप दिन्छ । तसर्थ सर्वहारा र आम जनताले आफ्नो स्वास्थ्य र जीवन, साथै आफ्नो अधिकारका लागि बुर्जुवा व्यवस्थाका लागि सङ्घर्षको आवश्यकता बोध गर्नु आवश्यक छ र अनुभवले सर्वहारा र उत्पीडित जनतामाथि थोपरिएको युद्धको जवाफमा वर्ग युद्ध, क्रान्तिकारी युद्ध, जनयुद्धको आवश्यकता पर्छ भन्छ ।

यो मे दिवसका दिन खुला चौर र चोकहरू खालि हुन सक्छन्– र पनि विश्वका अधिकांश भागहरूमा सर्वहाराको आजको विशेष दिनमा क्रान्तिको रातो झण्डा गायब हुने छैन— र सत्य के हो भने साम्राज्यवादले  जुन किसिमको स्थिति उत्पन्न गरेको छ,  यी चोकहरू शक्तिशाली  क्रान्तिकारी आन्दोलनले भरिने छन्, सर्वहारा र जनताको सशस्त्र महासागरले हरेक देशको आफ्नो विशिष्ट स्थितिमा एउटा समवेत स्वर गुन्जाउने छ : साम्राज्यवाद मुर्दावाद ! निश्चय पनि समाजवाद र साम्यवादको सूर्य उदाउने छ ।


श्रमजीवी वर्ग र जनतामाथि सङ्कट थोपर्न पाइँदैन !
कोरोना भाइरसका नाममा जनतामाथि सङ्कटकाले युद्ध खारेज गर ! विद्रोह गर्नु अधिकार हो !
स्वास्थ सेवालाई जनताको सेवामा लगाऊ !
सर्वहाराका लागि आवश्यक स्वास्थ्य, काम र ज्यालाको सङ्घर्षलार्ई अघि बढाऔँ !
बढिरहेको आर्थिक मन्दीका विरुद्ध सर्वहारा र उत्पीडित जनताको सङ्घर्षलाई अघि बढाऔँ !
आर्थिक सङ्कट/महामारीको साम्राज्यवादी अग्निज्वालाबीच मार्क्सवादी-लेनिनवादी-माओवादी पार्टीको निर्माण र जनतासितको घनिष्ठ सम्बन्ध बनाएर नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्तिको तयारीमा लागौँ ।
सर्वहारा अन्तर्राष्ट्रियतावादका लागि सर्वहारा र उत्पीडित जनता एक जुट होऔँ !
मार्क्सवाद-लेनिनवाद-माओवाद :  जिन्दावाद !
पहिलेभन्दा अझ जोडतोडका साथ विश्वका कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय एकतालाई अझ अगाडि बढाऔँ !
सङ्कटग्रस्त पुजीवाद/ साम्राज्यवाद  मुर्दावाद !
समाजवाद र साम्यवाद : जिन्दावाद !

No comments:

Post a Comment