‘अबको विकल्प देशभक्त क्रान्तिकारी जनवादी तथा वामपन्थीको स्वाधीन संयुक्त सरकार’

नवलपरासी ६ असोज – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
जिल्ला समिति नवलपरासीले स्वाधीन संयुक्त सरकारले मात्र देशमा राजनीतिक
निकाश दिने बताएको छ । पार्टीको आइतवार सम्पन्न जिल्ला सचिवालयको बैठकको
बक्तब्य सार्वजनिक गर्दै सो पार्टीले संसदीय व्यवस्थाको विकल्प राष्ट्रिय
राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, देशभक्त, क्रान्तिकारी
जनवादी तथा वामपन्थीहरूको स्वाधीन संयुक्त सरकार र जनसंविधानको निर्माण
मात्र रहेको बताएको हो ।
अहिले अग्रगामी भन्दा पनि यथास्थितिवादी र पश्चगामी शक्तिकै बीचमा देशको
राजनीति घुमेको अवस्था रहेको भन्दै उक्त पार्टीले सचेत रहन सबैलाई आग्रह
गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी रवि पाण्डेयद्वारा हस्ताक्षरित
बक्तब्यमा आंशिक उपलब्धिको रक्षा गर्दै अग्रगमनतर्फ अगाडि बढन आग्रह गरिएको
हो ।
बक्तब्यमा जेनजी आन्दोलनमा सहभागी युवाहरु माथि राज्यले मुद्धा चलाउन
थालेको भन्दै जेनजी आन्दोलनको मुलमर्मलाई स्विकार गर्नुपर्नेमा जोड दिइएको छ
। बक्तब्यमा थप भनिएको छ – ‘सरकारले छानविन समितिको गठन समेत गरेको
सन्र्दभमा हाम्रो जिल्लामा जेनजी आन्दोलनमा सहभागीहरुलाई जेनजी आन्दोलनको
मर्म विपरित दबाबमा आएर नियन्त्रणमा लिने कार्य गरिरहेको जानकारी प्राप्त
भएको छ । हाम्रो पार्टी पक्राउ गर्ने कार्य तुरुन्त बन्द गर्न र पक्राउ
परेकाहरुलाई यथोचित राजनैतिक ब्यवहार गर्दै रिहाईको माग गर्दछ ।’
उक्त बक्तब्यमा भष्ट्राचार विरोधी अभियानलाई निरन्तरता दिने समेत उल्लेख
गरिएको छ । यस अघि उक्त पार्टीले बि.स.२०८२ असार ५ गते घोषणा गरेको
अभियानलाई एक बर्ष सम्म संचालन गर्ने जनाएको थियो । बक्तब्यमा जेनजी
बिद्रोह पछि पनि उही पुरानै संसदवादी यथास्थितिवादी शक्तिहरु हावी हुदै
गएको र भष्ट्राचारमा समेत कमी आउने कुनै संकेत नदेखिएको प्रति सचेत रहन
जनसमुदायलाई अपिल समेत गरिएको छ ।
No comments:
Post a Comment